
डा. विजय पन्त
प्रतिनिधि सभा सदस्य उम्मेदवार • ललितपुर–३
पारदर्शी शासन, जनमुखी विकास र समृद्ध भविष्यका लागि तपाईंको साथ र विश्वास आवश्यक छ।
परिचय डा. पन्त
मेरो लक्ष्य– “शिक्षा र स्वास्थ्यका ज्योति हरेक घरमा, उद्यम र अवसरले ललितपुर–३ उज्यालो बनोस्।”

म डा. विजय पन्त, उज्यालो नेपाल पार्टीका तर्फबाट ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुँ। म मेडिकल शिक्षा आन्दोलनदेखि जेन–जी आन्दोलनसम्म सक्रिय रहँदै आएका व्यक्तित्व हुँ र अब देशको स्वास्थ्य, शिक्षा, रोजगारी र सुशासनका विषयलाई संसद्मा प्रभावकारी रूपमा उठाउने उद्देश्यले उम्मेदवारी दिएको छु।
शिक्षालाई मेरो पहिलो प्राथमिकता बनाउँदै म गुणस्तरीय र व्यावहारिक शिक्षा प्रवद्र्धन, सामुदायिक विद्यालय सुधार, छात्रवृत्ति विस्तार र प्राविधिक शिक्षामा पहुँच वृद्धि गर्न प्रतिबद्ध छु। साथै, ललितपुर–३ लाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना पनि मेरो लक्ष्यमा छ।
म जनप्रतिनिधिको कामलाई पारदर्शी, जवाफदेही र जनमैत्री बनाउने, भ्रष्टाचारमुक्त क्षेत्र निर्माण गर्ने र सार्वजनिक सुनुवाइमार्फत् जनप्रतिनिधिको मूल्यांकन सुनिश्चित गर्ने दृढ संकल्पको साथ अघि बढिरहेको छु। यसैगरी, ललितपुरको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, पर्यावरण व्यवस्थापन, सुरक्षित यातायात, फोहोर व्यवस्थापन, विपद् पूर्वतयारी र पैदलयात्री तथा असक्तमैत्री पूर्वाधार निर्माणमा पनि मेरो ध्यान केन्द्रित छ।
शिक्षा
MBBS - Kathmandu University, MBA - Parul University
१५+
वर्षको सेवा अनुभव
५०+
सामुदायिक कार्यक्रम
१२
पुरस्कार तथा सम्मान
मेरा प्रतिबद्धता
शिक्षित, स्वस्थ, समृद्ध र सुशासित ललितपुर–३ निर्माण
उज्यालो भविष्यका लागि गुणस्तरीय शिक्षा
प्रत्येक घरमा बालबालिकाको पहुँच हुने गुणस्तरीय र व्यवहारिक शिक्षा सुनिश्चित गर्दै, सामुदायिक विद्यालयलाई मित्रवत् बनाउने र विद्यार्थी तथा प्राविधिक शिक्षामा नेतृत्वदायी भूमिका खेल्ने।
सबैका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा
बालबालिका, महिला र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच र आधारभूत उपचार, दक्ष स्वास्थ्य सेवा केन्द्र स्थापना र स्वास्थ्य बीमा पहुँच सुनिश्चित गर्ने।
युवा उद्यम र स्वरोजगार प्रवर्द्धन
युवालाई उद्यमशीलतासँग जोड्ने, महिला र गृहणीकालाई सीप विकास गराउने, बजार पहुँच र लगानी अवसरहरू सिर्जना गरी स्थानीय रोजगार सृजना गर्ने।
सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण
ललितपुरको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रदर्शनी र पुस्तान्तरण मार्फत यसको दीर्घकालीन जगेर्ना सुनिश्चित गर्ने।
सुरक्षित, स्वच्छ र समावेशी जीवन
ललितपुर–३ लाई नागरिकमैत्री क्षेत्र बनाउँदै स्वच्छता, सुरक्षाको व्यवस्था, यातायात सहजता, प्रदूषण नियन्त्रण र विपद् व्यवस्थापन सुनिश्चित गर्ने।
पारदर्शी सुशासन र दिगो विकास
भ्रष्टाचारमुक्त, जवाफदेही र जनमैत्री शासन प्रणाली स्थापना गर्दै वातावरण संरक्षण, व्यवस्थित पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षणसहित दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता।
मुख्य प्रतिबद्धताहरू
मेरो ललितपुर: स्वच्छ ललितपुर, सुन्दर ललितपुर, समृद्ध ललितपुर, भ्रष्टाचारमुक्त ललितपुर, जनमैत्री ललितपुर र परिवर्तन ललितपुर
सामुदायिक विद्यालय सुधार र प्रविधिमैत्री, गुणस्तरीय तथा व्यावहारिक शिक्षा प्रणाली विकास
छात्रवृत्ति विस्तार र प्राविधिक शिक्षामा पहुँच वृद्धि गर्दै ललितपुर–३ लाई शैक्षिक हब बनाउने
सामुदायिक स्वास्थ्य केन्द्र सुदृढीकरण र स्वास्थ्य बीमा कोष स्थापना
युवा–विद्यार्थीलाई उद्यमशीलतासँग जोड्दै स्टार्टअप तथा डिजिटल हब विकास
सार्वजनिक सेवा पारदर्शी, छरितो र भ्रष्टाचारमुक्त बनाउने
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन
स्वच्छ खानेपानी, वैज्ञानिक ढल व्यवस्थापन र सुरक्षित यातायात व्यवस्था
पैदलयात्री तथा असक्तमैत्री पूर्वाधार निर्माण र योजनाको क्षेत्रगत आवश्यकता अनुसार कार्यान्वयन
चुनावी विवरण
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ — चिम बत्ती चिन्हमा छाप लगाउनुहोस्!
चिम बत्ती चिन्हमा छाप लगाउनुहोस्
तपाईंको मतपत्रमा चिम बत्ती चिन्ह फेला पार्नुहोस् र डा. अशुतोष बिजय पन्त र उज्यालो नेपाल पार्टीको पक्षमा मतदान गर्न त्यसमा टाँस्नुहोस्।
मन नडुलाऔँ अन्त, यो पटक विजय पन्त!
